काठमण्डाै । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अहिलेको सरकार परिवर्तन गर्न जुनसुकै दललाई पनि साथ दिने पक्षमा देखिएको छ। यद्यपि सरकार ढाल्ने चर्चालाई लिएर भने मोर्चामा आवद्ध दलका नेताहरुको बुझाइ फरक फरक पाइएको छ ।
सद्भावना पाटीका प्रवक्ता सन्तोष मेहताले भने सरकार ढाल्ने बलियो अवस्था तयार भइसकेको दाबी गरे। ‘वैशाखमा सरकार ढाल्ने प्रयास नै कमजोर थियो, अहिले बलियो देखिएको छ,’ मेहताले भने। आजको कारोबार दैनिकमा खबर छ।








