काठमाण्डाै । सांस्कृतिक अध्ययन आदानप्रदानका नाममा नेपाली बालबालिका अमेरिका तस्करी गरेको अभियोगमा पुतलीसडकस्थित सहारा लिंक इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई शनिबार प्रहरीले हिरासतमा लिएको छ। एक सातादेखि परिसरले अनुसन्धानका लागि हाजिरी जमानीमा राखेकी श्रेष्ठलाई थप प्रमाणका आधारमा हिरासतमा लिएको हाे ।
उनले भने ‘घटनाका विषयमा थप प्रमाण र आधार भेटिएका छन्, कानुन अनुसार अनुसन्धान हुन्छ। ’ श्रेष्ठले समर स्कुलका लागि भनेर अमेरिका पुर्याइएका नौ बालबालिका न्युयोर्क विमानस्थलबाटै बेपत्ता भएको सूचना पाएपछि त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थल अध्यागमन सतर्क भएको थियो। आजको नागरिक दैनिकमा खबर छ ।









