congress duwarika shresth dead

सुनसरी असार २६/सुनसरीको धरान ८ मा ट्रकको ठक्करले स्कुटी चालक धरान १६ का द्धारिकनाथ श्रेष्ठको मृत्यु भएको छ ।धरान बाट इटहरी तर्फ आउँदै गरेको ना ५ ख ६३६६ नम्बरको ट्रकले विपरित दिशाबाट गइरहेको को २४ प ७३६७ नम्बरको स्कुटीलाई ठक्कर दिंदा श्रेष्ठको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भिर घाइते भएका श्रेष्ठको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । त्यसैगरी सुनसरीको भोक्राहामा दुई मोटरसाइकल आपसमा ठोकिँदा दुई जना घाइते भएका छन् ।ना२०प ३०८ र नम्बर नखुलेको मोटरसाइकल एक आपसमा ठोकिँदा जनकपुर ९ का विरेन्द्र पासवार र भारतीय नागरिक हलिम अन्सारी घाइते भएका हुन् । उनिहरुको जिल्ला अस्पताल इनरुवामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तस्विर: शत्रुघन अंसारीको फेसबुकबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia