
२७ असार | यूरोकप फाइनलमा आयोजक राष्ट्र फ्रान्सलाई हराउँदै पोर्चुगल महादेशीय च्याम्पियन बनेको छ । युरोकपको आज बिहान भएको फाइनल खेलमा आयोजक फ्रान्सलाई पोर्चुगलले १-० गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै पोर्चुगलले पहिलोपटक युरोकप विजेतामा आफ्नो नाम लेखाएको छ |
पोर्चुगल स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएको पोर्चुगलले फ्रान्ससँग निकै दवाबमा खेल्यो । र्धारित ९० मिनेटको समयमा बराबरीमा रोकिएका पोर्चुगल र फ्रान्सबीचको फाइनल खेलमा थप गरिएको ३० मिनेटको समयको पहिलो हाफ सम्म पनि दुबैतर्फबाट कुनै गोल हुन सकेन |

तर अतिरिक्त समयको हाफपछी पोर्चुगलका एन्टोनियो इडरले खेलको १०९ औं मिनेटमा फ्रान्सको गोलपोष्टमा पोर्चुगलका लागि सानदार गोल गरे । जसले पोर्चुगललाई इतिहाँसिक सफलता दिलाइदियो |फ्रान्सका लागि धेरै अवसर आएपनि त्यसले नतिजा निकाल्न सकेन |
फ्रान्सका स्टार खेलाडी एन्टोनी ग्रीजम्यानको दुई प्रहारलाई पोर्चुगलका गोलकिपरले रोकेका थिए भने अर्का प्रभावशाली खेलाडी गेनियाकले हानेको बल पोर्चुगलको पोष्टमा लागेर फिर्ता भएको थियो ।खेलमा पोर्चुगिज गोलरक्षक रुइ प्याट्रिकले निकै राम्रो पर्दर्शन गरे । खेलमा पेपे म्यान अफ द म्याच घोषित बने |










