sunsari ma prahari mero sathi copy
इनरुवा असार २७/सुनसरीमा समेत प्रहरी मेरो साथी कार्यक्रमको आज उद्घाटन गरिएको छ ।सुनसरीका जिल्ला न्यायाधिस रमेश पोखरेलले धरानमा आयोजित एक औपचारिक कार्यक्रमकावीच प्रहरी मेरो साथी नामक कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

भानुचौकमा भेला भई नगर परिक्रमा पश्चात उद्योग वाणिज्य संघको भवनमा सरोकारवालाहरुको उपस्थितीका वीच कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।कार्यक्रममा एसएसपी पवन कुमार खरेल सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखका अलावा सरकारी कार्यालयका प्रमुखका साथै सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जिल्ला न्यायाधिस पोखरेलले डनगिरीको अन्त्य जरुरी रहेको बताउँदै नागरिक र प्रहरीवीचको समवन्ध सुमधुर बनाउने उद्येश्यसाथ थालिएको अभियानको प्रभावकारी कार्यान्वयन र निरन्तरताको खाँचोमा जोड दिनुुभयो ।सामूदायिक प्रहरी सेवालाई थप प्रभावकारी बनाउने उद्येश्यकासाथ प्रहरी प्रधान कार्यालयले प्रहरी मेरो साथी नामक कार्यक्रम संचालनमा ल्याएको हो । उक्त कार्यक्रम आजबाट एकसाथ ७५ वटै जिल्लामा सुरुवात गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia