ओसामा बिन लादेनका छोरा हमजाले अमेरिकासँग आफ्नो पिताको हत्याको बदला लिने बताएका छन् । उनले अमेरिकालाई धम्की दिदै भनेका छन्,‘म मेरो बुबाको हत्यारासँग बदला लिएरै छोड्नेछु ।’फेसबुकमा एक अडियो टेप सार्वजनिक गर्दै उनले अमेरिका र अमेरिकालाई सघाउने राष्ट्रहरुमाथि आक्रमण गर्ने धम्की दिएका छन् ।
भलै हामी तिमीहरुको देशबाट बाहिर छौ तर तिमीहरु हाम्रो निशानामा रहेका छौ । अब हुने आक्रमण फलिस्तान, अफगानिस्तान, सिरिया, इराक, यमन, सोमालिया जस्ता देशहरुमा गरेको आक्रमणको जबाफ हुनेछ ।’इस्लाम धर्म रक्षाका लागि जोजसले ज्यान गुमाएका छन् उनीहरु सबैको बदला लिने हमाजले बताएका छन् । नेपालीपत्रबाट









