amda hospital

२७ असार, दमक। झापाको दमकस्थित आम्दा अस्पतालमा प्रसुती गराउन आएकी एक महिलाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । प्रसुती गराउन आएकी मेचिनगर नगरपालिका ८ की २१ वर्षिया सृजना बास्कोटाको मृत्यु भएपछि अस्पताल तनाव ग्रस्त बनेको हो । मृतकका आफन्तले चिकित्सकहरुको लापरबाहीका कारण सृजनाको मृत्यु भएको दाबी गरेका छन् ।

मृतकका श्रीमान् निरज बाँसकोटाका अनुसार प्रसुती ब्यथा लागे पछि उनलाई शनिबार दिउँसो अस्पताल भर्ना गराईएको थियो । उनले हिजो दिँउसो शल्यक्रियाबाट आफ्नो पहिलो सन्तानको रुपमा छोरीलाई जन्मदिएकी थिईन् । उपचारको क्रममा सृजनाको विहान ४ः ३० बजे मृत्यु भएको थियो ।
उनीबाट जन्मीएकी छोरी भने सकुसल भएको अस्पताल श्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक टेकेन्द्र पौड्यालका अनुसार दुबै पक्षलाई वार्तामा बसाएर मिलाउने प्रयास भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia