kp oli
२९ असार, काठमाडौं । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । २८० सांसद्को हस्ताक्षर रहेको अविश्वास प्रस्ताव संसद् सचिवालयमा बुझाइएको हो । पुष्पकमल दाहालको नेतृत्वमा गएको टोलीले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।
दर्ता गराएको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली उपर संसद्को विश्वास नभएको भन्दै कांग्रेस र माओवादी केन्द्रले  उल्लेख गरेएको छ ।
“प्रधानमन्त्री केपी शर्मा ओली उपर व्यवस्थापिका–संसद्को विश्वास छैन भनि नेपालको संविधानको धारा २९८ को उपधारा (१३) र व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम १६० बमोजिम यो अविश्वासको प्रस्ताव पेश गर्न लिखित सूचना दिएका छौं,” अविश्वास प्रस्तावमा भनिएको छ ।
अविश्वास प्रस्तावमा संसदीय मूल्य, मान्यता अनुसार अल्पमतमा परेको सरकारका प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा त्यसो नगरेकाले अविश्वासको प्रस्ताव दर्ता गराउनुपरेको उल्लेख गरिएको छ ।
प्रस्तावमा ओली नेतृत्वको सरकारले शान्ति प्रक्रियाको महत्वपूर्ण अंगको रुपमा रहेको संक्रमणकालिन न्यायको विषय सम्बोधन नगरेको, सरकारले यसलाई प्राथमिकतामा नराखेको, शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने सवालमा प्रधानमन्त्री पूर्ण असफल भएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia