१ साउन, काठमाडौं । ७६ वर्षीय खड्गबहादुर खड्कालाई अब तातोपानी क्षेत्र फेरी पुरानै रुपमा र्फकन्छ र बस्ती बस्छ भन्नेमा शंका छ । तातोपानी १ कोदारीका खड्का सर्वस्व गुमाएका भन्दा पनि बस्तीको अस्तित्व मेटिन लागेकोमा चिन्तित छन् । असार २१ गते राति अचानक बाढी आउँदा भागेर ज्यान जोगाएका खड्का बाँचेकोमा नै अचम्मित छन् ।
गत असार २१ गते भोटेकोसी नदीमा आएको बाढीले अरनिको राजमार्ग क्ष्तविक्ष्त भएको छ । बाह्रविसेदेखि सीमासम्म २७ किलोमिटर क्षेत्रमा ठाउँठाउँमा सडक कठान भएको छ । पूर्ण रुपमा सडक कटान भएकाले पहिरो र भीरबाट यात्रा गर्नुपरेको स्थानीयले बताएका छन् । अाजकाे अन्नपूर्ण पाेस्टमा खबर रहेकाे छ ।








