inaruwa nagarpalika

१ साउन, इनरुवा ।देशभरका २ सय १७ नगरहरु मध्ये सुनसरी सदरमुकाम ईनरुवा नगरपालिका उत्कृष्ट १३ औं स्थानमा परेको छ ।बिहीबार दिउसो संघीय तथा स्थानीय विकास मन्त्रालय अन्तरगत वित्तिय आयोगले गरेको मुल्यांकनका आधारमा यस्तो नतिजा सार्वजनिक भएको थियो ।

आफ्नो कार्यसम्पादनलाई सुधार्दै ३३ औ स्थानबाट १३ औं स्थानमा उक्लिएको हो। यो सँगै नगरपालिकाले १५ प्रतिसत थप अनुदान समेत पाउने भएको छ ।

bikash ma fadko inaruwa bus chok

“कर तिर्न टोकन लिदै सेवाग्राही”

नगरपालिकाका कार्यकारी अधिकृत रामचरित्र मेहताका अनुसार पछिल्लो दुई वर्षमा आफ्नो कार्यशैलीमा परिवर्तन गर्दै समयमै काम सम्पन्न गर्ने, सरकारले तोकेका मापदण्ड अनुसारका कार्यसहित आफूलाई सूचना प्रविधिको विकाससँग ढाल्दै लगेकोले मुल्याङकनमा सुधार आएको हो ।

bikash ma fadko inaruwa bus chok1

ईनरुवा नगरपालिकाले पछिल्लो समयमा तिब्रताका साथ नगर क्षेत्रमा ब्यवस्थित बसपार्क,  सभागृह, स्वर्ग द्वारिघाट, महानन्द पार्कमहानन्द पार्क, रंगशाला निर्माण अभियानलाई तिब्रता दिदै नगरका सबै बाटोहरु पक्कि बनाउने गरी  अघि बढाएको छ ।

देशकै सर्बोत्कृष्ट नगरपालिकामा बुटवल उपमहानगरपालिका  घोषणा भएको छ ।मुल्यांकनमा बुटवलले ९० अंक प्राप्त गरेको छ । धनकुटा ८९ नम्बर ल्याएर दोश्रो र हेटौंटा ८८ अंक ल्याएर तेश्रो भएको छ ।

 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia