१ साउन, टर्की । टर्कीमा केही सैनिकले गरेकाे विद्रोहकाे प्रयास असफल भएकाे भएकाे छ । जनता जागेपछि कसैको केही लाग्दैन भन्ने कुरो भर्खरै टर्कीको असफल सैन्य कुको प्रयासले पुष्टि गरे। सेनाको एउटा समूहले टर्कीमा ‘कु’ को प्रयास गर्यो तर, त्यो प्रयासलाई जनताले असफल बनाइ दिएका छन् ।
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगेनले सैनिक विद्रोहलाई नियन्त्रणमा लिने प्रयास शनिबार बिहानसम्म नै गरेको बुझिएको छ । उनी बिदामा बसेको समयमा यो प्रयास भएको थियो । करिब १३ वर्षदेखि टर्कीमा शासन गरिरहेका राष्ट्रपति तैयपका विरुद्धमा टर्कीमा विद्रोहको आवाज उठेको थियो । तीनै विद्रोह अावाजसँगै सैन्य कुकाे प्रयास भएकाे थियाे ।
सैनिकले विद्रोह गरी ‘कू’ को प्रयासमा जनताले राष्ट्रपति तैयप पक्षमा साथ दिएपछि टर्कीमा सत्ता कब्जा गर्ने प्रयास असफल भयो । त्यस विद्रोहमा संलग्न हुने सेनाको सङ्ख्या अझै स्पष्ट रुपमा आएको छैन । सरकारले कतिपयलाई नियन्त्रणमा लिएको छ भने केहीले आत्मसर्पण गरेका छन् । ती विद्रोही सैनिक जनताको आक्रोसमा परे । विद्रोहमा संलग्नहरुको खोजी र पहिचानको काम भइरहेको सरकारले जनाएको छ । यसको सबै विवरण आउन अझै केही घन्टालाग्ने पनि सरकारले जनाएको छ । उनीहरुलाई जोगाउन प्रहरीलाई हम्मेहम्मे पर्यो । त्यहाँ कु को प्रयास गर्ने झण्डै २८ सय सैनिक नियन्त्रणमा आए भने घटनामा २ सय ५० व्यक्ति मारिए र, १५ सय बढी हताहती भए ।
फोटो फिचर :-























