२ साउन , काठमाडौं । भारतबाट ३ सय मेगावाट विद्युत आयत गरिरहेको सरकाले ५ वर्षभित्र उसैलाई ५ हजार ७ सय मेगावाट बिक्री गर्ने लक्ष्य लिएको छ । सरकारको तयारी र मुलुकमा सञ्चालीत आयोजनाहरुको अवस्था हेर्दा सरकारी योजना हावादारी सावित हुने निश्चितप्राय देखिएको छ । नेपालले सन् २०२१/२२ देखि ५ हजार ७ सय मेगावाट विद्युत बिक्री गर्ने लक्ष्य राखेको हो ।
जसअनुसार ५ वर्षपछिको वर्षको अफपिक आवर नेपालले आफूलाई बढी भएको ५ हजार ७ सय मेगावाट विजुली बिक्री गर्नेछ भने वर्षकै पिक आवरमा ४ हजार ५ सय र हिउँदको पिक आवरमा ५ सय मेगावाट बिजुली बेच्नेछ । आजको कारोबार दैनिकमा समाचार छ ।








