२ साउन, मोरङ। शनिबार साँझ  विराटनगर २१ बाट प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले भारतीय बजार जोगबनीबाट पैदल आउँदै गर्दा भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा  इटहरी आइतबारे बस्ने १८ वर्षीय गोविन्द विष्ट र सोही ठाउँका विक्रम चौधरी रहेका छन् ।लागुऔषधि नाइट्रोसन १५० ट्याबलेट प्रहरीले उनीहरुको साथबाट  बरामद गरेको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको जानकारि अनुसार पक्राउ परेका दुवै जनालाई सीमा प्रहरी चौकी रानीमा राखी थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia