portulgal dead nepali

२ साउन, पोर्चुगल। गत मे महिनाको ११ गते देखि सम्पर्कविहीन भएका एक नेपाली युवाको सव पाेर्चुगुलको समुन्द्री किनारमा फेला परेको छ। नेपालवाट बिधार्थी भिषामा नेदरल्याण्ड हुदै पोर्चुगल पुगेका सुरज आर्चायको मृत्यु भएको प्रहरीले प्रमाणित गरेको छ। डिएनए परिक्षणपछि सव अाचार्यको भएकाे प्रमाणित गरेकाे हाे। पांचथर स्थायीघर भई हाल विराटनगर बस्दै आएका २१ बर्षीय आर्चाय मे ११ को विहान करिव १२ बजेदेखि सम्पर्क बिहिन भएका थिए।

 नचिनीने अबस्था शब फेला परे पछि प्रहरीले सवको डिएनए परिक्षण गरेको थियो। पोर्चुगलको भिला नोभा दि मिलफोन्तेसवाट सम्पर्क विहिन भएका आर्चायको सव करिव डेड महिना अघि समुन्द्र सतह देखि ३ सय मिटर गहिराईमा फेला परेको थियो। आर्चाय हराएको खबर प्रहरीमा पुगेपछि पोर्चुगलमा रहेको नेपाली काउन्सिलर र एनआरएन पोर्चुचलको खोजी कार्यलाई तिब्र बनाएको थियो।

हराएको उजुरी परे पछि प्रहरीले आर्चायको शब हुनसक्ने बताउदै अनुसंधान गरेको थियो। एकमहिना पछि प्रहरीले डिएनए परिक्षणको आधारमा शब आर्चायको भएको जानकारी दिएको छ। पोर्चुगल स्थित सान्तियागो न्यायिक प्रहरीले नेपाली बाणीज्यदुत मकर हमाल र एनआरएन पोर्चुगलका अध्यक्ष भीम केसीको रोहबरमा समुद्रमा भेटिएको शव सुरज आर्चायको भएको डिएनए परिक्षणको रिपोर्ट सहित जानकारी दिएको थियो।

विधार्थी भिषामा नेदरल्याण्ड आएका उनि संग अझै केहि महिनाको भिषा बाँकि रहँदै पोर्चुगलमा खेतीमा काम गरेर छिटो कार्ड बनाउन सकिने सल्लाह पाएपछि पोर्चुगल पुगेका थिए। कामको लागि अलेन्तेजो बस्दै आएका आचार्यले काम भने शुरु गरेका थिएनन्। आर्चायको मृत्युको कारण भने खुलाइएको छैन। सेताेपाटी बाट ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia