०२ साउन , रविन्द्र साह सप्तरी ।नागरिकलाई असुरक्षा महसुस हुने गतिविधि प्रति सजक, सचेत र सतर्क गराउँने उदेश्यका साथ जिल्ला प्रहरी कार्यालय द्धारा संचालित प्रहरी मेरा साथी अभियान अन्तर्गत नागरिक सुचना र सुरक्षाको लागि स्टीगर टाँस अभियान आजबाट शुभारम्भ भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्धारा आयोजित एक समारोह बिच उक्त अभिआन शुभारम्भ भएको छ । सप्तरी जिल्लाको राजविराज, कंचनरुप, सप्तकोशी, शम्भुनाथ, हनुमाननगर जोगिनिया माइ नगरपालिका लगायत ९१ गाविसहरुमा रहेको करिव एक लाख २१ ह्जार घर धुरी र जम्मा करिव ६ लाख ३९ हजार २ सय ८४ जनसंख्या रहेको व्यक्तिहरु यस अभियानबाट लाभान्बित हुने भएको छ ।
सो अभियान संचालन गर्नका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीले ४८ वटा युनिट परिचालन गर्ने छ । स्टीकर टाँस गरिने अभियान अन्तर्गत प्रहरी कर्मचारीहरुले प्रत्येक घर घरमा गई घरको मुल ढोकामा स्टीकर टाँसी आफनो नम्बर दिने र नम्बर लिने संगै नागरिकहरुको पेशा, बस्तुस्थिति, परिवार संख्या समेतको सुचना प्राप्त गर्ने प्रहरी उपनिरिक्षक भिम प्रसाद ढकालले जानकारी दिनुभयो ।
जिल्ला विकास समितिको सहयोग र पिछडीएको वर्ग ओवीसीको संयोजनमा छापिएको स्टीकर टाँसिने अभियान एक महिनाका लागि संचालन हुने प्रहरी निरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रा्ङगनमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बलदेब गौतमले अपराधिक व्यक्ति तथा प्रबृचि निरुत्साहित भइ अपराधका घभटनामा कमी आउँने विश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि सगरमाथा प्रहरी कार्यालय प्रमुख उत्तम बहादुर सिंहले नागरिक सुचनाका कारण प्रहरीको सक्रियता बढने र प्रहरी कर्मचारीहरु नागरिकहरु प्रति थप जिम्मेवार हुने बताउँनुभयो । कार्यक्रमको समापन हुनासाथ प्रहरी प्रमुखहरु प्रहरी कार्यालय अगाडी रहेका केही घरहरु र पसलहरुमा स्टीकर साँट समेत गरेका थिए ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख दमन थापा, राष्ट्रिय अनुसन्धान सप्तरी प्रमुख सुमन बैध विभिन्न राजनितिक दलका अध्यक्ष एवं प्रतिनिधि, कार्यलय प्रमुखहरु, बुद्धिजिवी, पत्रकारहरु, विद्यार्थी, आम जनता सहितको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य प्रहरी उपनिरिक्षक भिम प्रसाद ढकालले गरेका थिए ।














