२ साउन, काठमाडौ  । संघीय गठबन्धनको बैठक कुपण्डोलस्थित एक कार्यालयमा बसिरहेका छ । आजको बैठकलाई निकै गोप्य रुपमा राखिएको छ ।यसअघि गठबन्धनको बैठक संघीय समाजवादी फोरमको कार्यालयमा बस्ने गथ्र्यो । तर आज विशेष बैठक भएको कारणले ठाउँ सारिएको एक नेताले बताए ।

बैठकमा नयाँ सरकारमा गठबन्धनको सहभागिता र समर्थनका साथै आन्दोलनका आगामी कार्यक्रमबारे छलफल केन्द्रीय रहेको ति नेताले बताए ।नेकपा (माओवादी) केन्द्र र नेपाली काँग्रेसले ल्याएको प्रधानमन्त्री केपी शर्मा अ‍ोली विरुद्धको अविश्वास प्रस्तावमा समर्थन जनाईसकेको छ भने गठबन्धनका सचिवालयले साउन र भदौसम्मको कार्यक्रम तय गरिसकेको छ ।

त्यस विषयमा थप छलफल गरी गरि बैठकले संशोधनसहित अनुमोदन गर्ने बताइएको छ ।गठनबन्धनको असार ३१ देखि खुल्लामञ्चमा जारी रिले अनसन सकिएको थियो ।तर, गठबन्धन र मधेशी मोर्चाबीच आन्तरिक विवाद भएका कारणले रिले अनसन प्रभावकारी भएको थिए ।

आजको बैठकमा गठबन्धनको गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अनुपस्थित रहेका छन् । उनीहरुले नै रिले अनसनमा असहयोग गर्दै आएका थिए ।रातोपाटिबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia