sankat bebsthapan inaruwa
इनरुवा साउन २ /जिल्ला अस्पताल इनरुवामा रहेको लैङ्गिक हिंसा सम्वन्धि एकद्धार संकट व्यवस्थापन केन्द्रलाई थप प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।इनरुवामा आज आयोजित कार्यक्रमका सहभागिहरुले केन्द्रको सेवा सुविधा लगायतका बारे ग्रामिणस्तरमा समेत सूचना प्रवाहको आवश्यकता औल्याएका हुन् ।

sankat bebsthapan inaruwa1
अस्पतालमा आधारित संकट व्यवस्थापन केन्द्र स्थापना भएयता लैङ्गिक हिंसाका सवालमा उपलब्धीहरु हात परेपनि कर्मचारी अभाव, स्रोत साधनको अपर्याप्तता झेल्नु परेकाले सोचे अनूरुप सेवा प्रवाह हुन नसकेको जानकारी गराइएको थियो ।कार्यक्रममा संकट व्यवस्थापन केन्द्रले वर्षभर सम्पादन गरेका गतिविधीबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई, जिल्ला स्वास्थ्य प्रमुख दिल्लीरमण अधिकारी लगायतले केन्द्रको सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक पहल थाल्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रमबारे केन्द्रकी मिना भण्डारीले प्रकाश पारेकि थिइन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia