काठमाडौं । होलिया–५, टेपरीगाउँका बिकाउलाल यादव नेपाली नागरिक हुन् । तर, उनको बसोबास सीमावर्ती भारतीय गाउँमा छ । त्यसैले उनी कहिलेकाहीँ आफू नेपाली हुँ कि भारतीय भनेर अलमलिन्छन् ।
साढे २२ किलोमिटर लामो तटबन्धसँगै बिकाउलला बसोबास गर्ने बाँके, होलियास्थित टेपरीगाउँ बर्सेनि डुवानमा पर्न थाल्यो । डुबान र कटानले थातथलो नै मेटियो । त्यसपछि उनी दक्षिणतिर भारतीइ भूमिमा बसाइँ सरे। अहिले उनी तटबन्धले सुरक्षित बनाएको भारतीइ गाउँमा बस्छन् ।‘उता नेपालतिर गाउँ उजाड बनेको देख्दा पीडा हुन्छ,’ उनले भने, ‘अर्काको देशमा बसाइँ सरेको सम्झिँदा मन झन् दुख्दो रहेछ ।’ अाजकाे नागरिक दैनिकमा खबर छ ।









