इनरुवा साउन ४ /पूर्वी क्षेत्रमा वर्षा जारी रहेपनि सप्तकोशी नदीमा भने पानीको वहाव स्थिर छ ।पानी पर्ने क्रम जारी रहेपनि छिटपुट वर्षाका कारण सप्तकोशी नदीको वहावमा वृद्धि देखिएको छैन् ।
पछिल्लो मापन अनुसार कोशीमा १ लाख ४२ हजार ३ सय ५५ क्युसेक प्रतिसेकेण्ड वहाव रहेको छ । ब्यारेजका ५६ वटा मध्ये २० वटा ढोका खोलिएको सुनसरी प्रहरीले जनाएको छ ।

यद्यपी पूर्वी पहाडी भेगमा पानी पर्ने क्रम नरोकिएको र पानीको वहाव ब्यारेजमा ८, १० घण्टा पश्चात मात्र मापनमा आउने भएकाले नदीको बहावमा उतारचढाव हुन सक्ने सुनसरी प्रशासनको अनुमान छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले नदीले स्पर कटान गर्ने खतरा नरहेको बताउँदै नदी वा खोलाबाट डुबानको सम्भावना तत्काल नदेखिएको स्पष्ट पार्नु भएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia