इनरुवा साउन ४ /सुनसरीको नरसिङ १ मा रहेको बाबा पेपर मिलमा भएको आगलागीमा २ करोड बढीको क्षति भएको दावी गरिएको छ । आगलागीको कारण खुल्न नसकेपनि पेपर मिलमा रहेको केमिकलबाट आगो सल्केको हुन सक्ने अनुमान गरिएको छ ।

आगाले तयारी कागजका साथै भण्डारण गरिएका केमिकलका साथै मेसिनमा क्षति पुगेको बताइएको छ । मिल व्यवस्थापनले २ करोड बढीको क्षतिको दावी गरेपनि सुनसरी प्रहरीले क्षतिको आंकलन भैनसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia