गत शुक्रबार टर्कीमा असफल कूको प्रयास भयो। सेनाको एउटा समूहले गरेको असफल कूको समयमा इस्तानबुलको आइबिस होटल ट्याक्सिसमा युनेस्कोको ४० औँ बैठकमा सहभागी हुन पुगेका ८ सदस्यीय टोली बसेको थिए। कूको बेलाको स्थिति बताउँदै पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भन्नुभयो,‘रातिको समयमा कर्फयु लागेकाले होटल पुरै बन्द गरियो।
हामीलाई कतै नजान अलर्ट गरियो।’ जताततै विद्रोही सेना र राष्ट्रपतिका समर्थकबीच भएको भीडन्तले मनै झसंग भयो, तैपनि टर्कीले विदेशी पाहुनालाई उच्चस्तरको सुरक्षा दिएकाले आफूहरुलाई कुनै समस्या नभएको दाहालले बताए।
मंगलबार बैठक सम्पन्न भएलगत्तै सबै राष्ट्रका प्रतिनिधि स्वदेश फर्किसकेका छन् । इस्तानबुल विमानस्थलबाट कुरा गर्दै बैठकमा सहभागी दाहालले भने,‘ यस्तो लाइभ भिडन्त कहिल्यै पनि देखेका थिएनौँ, तनावै तनावबीच बैठक सम्पन्न भयो। ’विद्रोहीले ट्यांक सहित बमबारी गर्दात आफूहरुलाई केही हुने होकी जस्तो लागेको बताउँदै दाहालले भने, तर धन्य टर्कीको सुरक्षा व्यवस्थित भएकाले केही भएन। ’
टर्कीले विदेशी पाहुनालाई कडा सुरक्षा दिएको थियो। युनेस्को बैठकमा १ सय ५८ राष्ट्रका ३ हजार प्रतिनिधिको सहभागित थियो। अाजकाे नेपाल समाचार पत्र दैनिकमा खबर रहेकाे छ।








