५ साउन,नरेन्द्र बस्नेत बेलबारी । सरकारले घोषणा गरको सडक बत्तिका लागी समयमै बजेट नआउदाँ मोरङका ३ वटा नगरपालिकामा आएको लाखौ रुपैयाँको बजेट फ्रिज भएको छ । सरकारले आर्थिक बर्षको अन्त्यमा बजेट पठाएपछि बजेट फ्रिज भएको हो ।

संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले समयमै बजेट नपठाएपछि मोरङका सुन्दरदुलारी, कोशीहरैचा तथा बेलबारी नगरपालिकाको बजेट फ्रिज भएको हो । सुन्दरदुलारीको २३ लाख ७५ हजार बेलबारीको ११ लाख ३८ हजार तथा कोशीहरैचाको ४६ लाख ५० हजार बजेट फ्रिज भएको छ ।

गत जेठ २१ गते मात्रै नगरपालिकामा पत्र आएको थियो सुन्दरदुलारी नगरपालीकाका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले भने २८ गते मात्रै अख्तियारी आयो, कसरी गर्ने काम रु उनले उल्टै प्रतिप्रश्न गरे । उपभोत्ताले ३५ प्रतिशत लगानी गर्नुपर्ने भएकाले समेत काममा ढिलाई भएको नगरपालिकाहरुले जनाएका छन । बिकास निर्माणको कामको मुल्यांकन गर्ने समयमा बजेट आँउदा काम गर्न समस्या भएको बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले बताए ।

सडक बत्तिको बजेटले जनतालाई मात्रै तताएको कार्यकारी अधिकृत पौडेलले बताए । परिषदबाट बजेट विनियोजन भईसकेपछि मात्रै जनकारी गराएकाले काम गर्न असहज भएको हो । समयमै बजेट आएको भए गाउँ देखी सहर सम्मका सडक झिलिमिलि हुन्थे कोशीहरैचाका कार्यकारी अधिकृत गणेश राज कार्कीले भने काम गर्न पाइएन,दोष जति नगरपालिकाले खायो ।

बजेट आऊन ढिला भएकै कारण तिन वटा नगरपालिकाको ८१ लाख ६३ हजार सौर्य सडक बत्तिको बजेट फ्रिज भएको छ । नगरपालिकामा सर्वदलीय समिति तथा सौर्य सडक बत्ति जडान समिति नै बनाएर काम गरेपनि बजेट फ्रिज भएपछि जनता आक्रोशित बनेका छन । बेलबारी नगरपालिकाले वडा नम्वर ४ का लागी २ लाख ४० हजार बजेट सौर्य सडक बत्तिका नाममा परिषदबाटै छुट्याएको थियो ।

त्यसको केही दिनमै संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले सहुलियत दरमा सडक बत्तिका लागी बजेट आएपछि हर्षित बनेका जनता अहिले फेरी निराश बनेका छन । नगरपालिकाको नितिमा उपभोत्ताबाट ६० प्रतिशत र कार्यालयले ४० प्रतिशत बेर्होने गरी सम्झौता गर्नुपर्छ । तर सरकारले नै घोषणा गरेको सडक बत्तिमा ३५ प्रतिशत उपभोत्ताले तिर्ने ब्यबस्था गरेपछि दंग परेका उपभोत्ता पुन निराश भएका छन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia