govinda-kc onsari

५ साउन, काठमाण्डु । सभामुख ओनसरी घर्तीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा गोविन्द केसीलाई आज भेटेकी छन् । उनले डा केसीको स्वास्थ्यबारे जानकारी लिइन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ दिनदेखि अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिगँ्रदै गएको खबर पाएपछि सभामुख घर्तीले डा केसीलाई स्वास्थ्य ख्याल राख्न आग्रह गर्दै माग पूरा गर्न पहल गर्ने आश्वासन दिइन् ।

डा केसीले सभामुख घर्तीलाई ‘तपाईंको घर कहाँ हो ?, त्यहाँका जनता उपचार गर्न कहाँ आउँछन् ?’ भन्ने प्रश्न गर्दै चिकित्सा शिक्षा सुधार गरे मात्र सबै नेपाली गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताए।

केसीले भने, ‘त्यस क्षेत्रका जनताले गुणस्तरीय उपचार सेवा पाउन भनेर आफूले दाङमा मेडिकल कलेज खोल्न सरकारलाई पटकपटक आग्रह गर्दासमेत बजेट विनियोजन भएन । सबैलाई उपत्यका भन्दा बाहिर जानै मन छैन ।’
सभामुखसँगको भेटमा डा केसी शिक्षालाई सेवाको भावमा नभई नाफामूलक संस्थाको रुपमा विकास गरिँदै लगेकाले त्यसको विरोधमा अनशन बस्नुपरेको स्पष्ट पारे ।

सभामुख घर्तीले डा केसीका मागका विषयमा दलसँग छलफल गर्ने समेत आश्वासन दिइन् । सभामुख भेटका लागि शिक्षण अस्पताल पुग्दा अस्पतालका चिकित्सकशास्त्रका विद्यार्थीले डा केसीले उठाएका माग पूरा गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।काठमाडौटुडेबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia