sunsari khola badhi1
इनरुवा साउन ६ /सुनसरी खोलामा आएको बाढी स्थानीय मरिया खोलामा पसेपछि सुनसरीको दक्षिणवर्ति गाविसहरु डुबानको चपेटमा परेका छन् ।सुनसरी खोलाको पानीले नरसिंह गाविस डुबानमा परेपछि स्थानीयको दबाबमा मरिया खोला तर्फ धार परिवर्तन गराइएपछि बुधवारबाटै जिल्लाको दक्षिणी भेग डुबानमा परेको पीडितहरुको भनाई छ ।

ओभर फ्लोका लागि मरिया खोला तर्फ सुनसरी खोलाको पानीलाई निकास दिइएपनि अत्याधिक पानीको वेग धान्न नसक्दा मरिया खोलाले आसपासको क्षेत्रमा कटान समेत थालेको छ ।

sunsari khola badhi
पानी बढेपछि रामनगर भुटाहा हुँदै इनरुवा जोड्ने जिल्लाको दक्षिणवर्ति आधा दर्जन बढी गाविससँगको आवागमन समेत प्रभावित बनेको छ ।
पुल जिर्ण बनेपछि सवारीका साधनको आवतजावतमा रोक लगाइएको छ भने प्रहरी र स्थानीयको पहलमा बाढी नियन्त्रणको पहल थालिएको छ ।

पानी पर्ने क्रम पूर्ण रुपमा नरोकिएको र वस्तीमा खोलाको पानी प्रवेश रोक्न बाँध बाँध्ने क्रम जारी रहेकाले बेलैमा मर्मतको काम नसकिए दक्षिणी गाविसका वस्तीहरुमा खोलाको पानी पस्ने सम्भावना बढ्ने देखिएको भन्दै स्थानीयवासीले प्रशासनसामू जानकारी गराएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले बाढी नियन्त्रणकालागि आवश्यक पहल थालिसकेको प्रतिकृया दिएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia