७ साउन, इटहरी । पूर्वकाे केन्द्र इटहरीमा सञ्चालित हाेटल तथा लजहरूमा प्रहरीले दिनरात कडाइ गर्न थालेपछि याैनकर्मीहरूकाे गन्तब्य भेडेटार हुदै पहाडीभेग पुगेकाे पाइएकाे छ । इलाका प्रहरी कार्याल इटहरीले याैन कार्यमा संलग्न र त्यस्ता कार्यमा लगाउने गिराेहसहित बिहिबार सार्वजनिक गरेपछि यस्ताे पाइएकाे हाे ।
शँकास्पद रहेको हुनाले सोधखोज गर्दा यौन व्यवसायमा सँलग्न रहेको पुष्टि भएको प्रहरीले बताएको छ । राजवँशीको साथबाट १ लाख ३६ हजार ५ सय नगर समेत बरामत भएको छ । १७ देखि १९ वर्षका अन्य युवतीहरु पुर्वाञ्चलका विभिन्न स्थानका रहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी ओम प्रसाद अधिकारीले अनुसार राजवँशीले योजनावद्ध रुपमा यौन व्यवसाय सँचालन गर्ने गरेको सुचनाको आधारमा पक्राउ गर्दा सो रहस्य खुलेको बताए । पुर्वको पर्यटकिय केन्द्रको रुपमा रहेको भेडेटारमा भारतिय पर्यटक अधिक मात्रामा आउने हुँदा यौन व्यवसाय फस्टाउने गरेको आरोपलाई यो घटनाले थप पुष्टि गरेको छ ।









