बिराटनगर । भारत विहारका बाढी पीडित परिवार सहारा खोज्दै नेपाल आइपुगेका छन्। घर डुबानमा परेकाले फर्किन नसकेका उनीहरु ठूलो संख्यामा विराटनगर-१४ स्थित खेतमा टेन्ट गाडेर बसेका छन्। उनीहरु सबै मह काढ्ने पेसामा संलग्न धामी समुदायका हुन्। बेखर्ची भएकाले महिला र बालबालिका भिख माग्न बाध्य छन्।
टेन्टमा ६० पुरुष, ५० महिला र करिब सय बालबालिका छन्।उनीहरु विहारको सुपौल,अररिया र पूर्णिया जिल्लाको ग्रामिण भेगका बासिन्दा हुन्। आङभरि लुगा नभएकाले बालबालिका लुगलुग कामिरहेको देखिन्छन्। खोकी, ज्वरो, झाडापखला र चिसोले ४० बालबालिका र २० महिला बिरामी छन्।
‘३० चुलोमध्ये आधाजति बलेका छैनन्,’ सुरेन्द्र धामिले भने,’हामी धेरै दिनदेखि काममा जान सकेका छैनौ।’साउन र भदाैमा घर पानीमा डुबेर बस्न नसकिने हुनाले सुरक्षित बासका लागि नेपाल अाइपुगेको उनले बताए। उनीहरु महको खोजीमा पोखरा र काठमाडाैंसम्म अाइपुग्छन्। अाजकाे कान्तिपुर दैनिकमा खबर छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia