tv channels logo

७ साउन, काठमाडौँ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनहरुमा अब विज्ञापन नआउने नीति सरकारले स्वीकृत गरेको छ। सरकारले आम सञ्चार नीति पारित गरेसँगै क्लिन फिड नीति समेत स्वीकृत गरेको हो।

यो नीति लागू भएमा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनहरुले अब विदेशी विज्ञापन देखाउन पाउने छैनन्। नीति कहिलेदेखि लागू हुने भन्ने बारे व्यवस्था हुन बाँकी छ।

आमसञ्चार नीतिमा क्लिन फिड सम्बन्धि व्यवस्था गरिएको छ। प्रसारण शुल्क लिने (पे) टेलिभिजन च्यानलहरुले विज्ञापन प्रदर्शन गर्न नपाउने व्यवस्थालाई क्लिन फिड भनिन्छ।

adv clean feed tv channel

नेपालमा प्रसारण हुने धेरै विदेशी टेलिभिजनले शुल्क समेत लिने गरेका छन्।मन्त्रिपरिषद् बैठकपछि सूचना तथा सञ्चार मन्त्री शेरधन राईले स्वदेशी टेलिभिजन र विज्ञापन एजेन्सीहरुलाई प्रोत्साहन गर्न नीति लागू गरिएको बताए।

‘ठूलो मात्रामा विदेशिएको विदेशी मुद्रालाई कम गर्न, नेपाली भाषा र संस्कृतिमा भएको विज्ञापनको प्रभाव कम गर्न स्वदेशी विज्ञापन बजारलाई विस्तार गर्न विज्ञापनका माध्यमबाट राजश्व र रोजगारीमा वृद्धि गर्न नेपाल भित्र प्रशारण हुने विदेशी च्यानलमा क्लिन फिड नीति लागु गर्ने निर्णय भएको छ’, राईले भने।

एडभर्टाइजिङ एशोसिएशन अफ नेपालले लामो समय देखि क्लिन फिड पोलिसी आवश्यक रहेको बताउँदै आएको थियो। केवल टेलिभिजनहरुले भारतीय र अन्य विदेशी च्यालन नेपाली उपभोक्तालाई देखाउन ठूलो रकम खर्च गर्दै आएका छन्। क्लिन फिडको व्यवस्थाले नेपाली विज्ञापन दातालाई आफ्नो विज्ञापन राखेर टेलिभिजनहरु प्रसारण गर्न पाउने छुट हुनेछ।पहिलोपोष्टबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia