sunsari badhi nirikchan

इनरुवा ७ साउन /मरिया खोलाको पानी बढेपछि सदरमुकाम इनरुवासँग जोडने सुनसरीको दक्षिणवर्ति गाविसका धेरैजसो सडक खण्डमा कटान सुरु भएको छ ।सुनसरी खोलाको पानी मिसिएर उर्लिएको मरिया खोलाले भुटाहा, घुस्की, कप्तानगंज लगायतका क्षेत्रमा रहेका पुल तथा कल्भर्टहरुमा क्षति पुर्याउन थालेको छ ।

sunsari badhi nirikchan1
बढीको पानीले पुल तथा कल्र्भटहरुमा क्षति पुर्याए दक्षिणी गाविसहरुको सदरमुकाम इनरुवासँगको सम्पर्क विच्छेद हुने छ ।
पानीको उचित निकास हुन नसक्दा खोलाको पानी वस्तीमा छिरेको छ । जल्पापुर, कप्तानगँज, वसन्तपुर सहित आधा दर्जन बढी गाविस यतिवेला डुबानमा परेका छन् ।

sunsari badhi nirikchan2
डुबान तथा कटान नियन्त्रणका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् ।यसैविच सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई सहितको टोलीले डुबानमा परेका दक्षिणवर्ति गाविसहरुको अनुगमन गरेको छ ।डुबानका कारण दक्षिणवर्ति गाविसका सर्वसाधारको आवतजावतमा कठिनाई उत्पन्न हुनुका साथै दैनिक दिनचर्यामा समस्या बढाएको छ ।

sunsari badhi nirikchan3
यसैवीच सप्तकोशी नदीको पानीको वहावमा कमी आएको छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा १ लाख ७३ हजार ३ सय ७५ क्युसेक प्रतिसेकेण्ड वहाव रहेको छ । ब्यारेजका २३ वटा ढोका खोलिएका छन् ।

sunsari badhi nirikchan4

तपाईको प्रतिक्रिया

trusted online casino malaysia