७ साउन, काठमाडौँ । काठमाडौँको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर गोरखा भूकम्पको परकम्प गएको छ । दिउँसो २ बजेर ४० मिनेट जाँदा ३.७ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 यो गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो । अघिल्लो वर्ष वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४६५ परकम्प गएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia