काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावमाथि आइतबार संसदमा मतदान हुने भएको छ ।नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलको समर्थनमा कांग्रेस–माओवादी गठबन्धनले पेस गरेको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावबारे आइतबारै प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ ।

 शुक्रवारै संसदमा छलफलपछि निर्णयार्थ पेस गरिएका आश्रित बजेटसम्बन्धी तीनवटा विधेयक भने बुहमतले अस्वीकृत भएका छन् । यससँगै ९ महिनाअघि तत्कालीन एकीकृत माओवादीसहित दलको समर्थनमा बनेको ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।संसद् बैठकमा शुक्रबार आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत (२१ औं संशोधन विधेयक) अस्वीकृत भएलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री विरुद्व प्रस्ताव पेस गरेका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहति १३ दलको समर्थनमा असार २९ गते संसद सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्ताव प्रचण्डले शुक्रवार संसदमा प्रस्तुत गरेका हन् ।२ सय ८१ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै सभामुख ओनसरी घर्तीले संसदको अन्य विजनेस हटाउँदै अविश्वास प्रस्तावमाथि बिहीबारलाई छलफलको कार्यसूची तोकेकी थिइन् ।

सत्तारुढ दल र प्रतिपक्षीबीच आर्थिक विधेयक पहिला कि प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव भन्नेमा सहमति जुट्न नसक्दा एक दिन ढिलो शुक्रवार मात्र अविश्वास प्रस्ताव संसदमा पेस भएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia