काठमाडौं /आफूमाथि बलात्कार गरी फरार रहेका पीडकको खोजीमा नुवाकोट पीपलटारकी हरिमाया तामाङ (नाम परिवर्तन) काठमाडौं आएकी थिइन् ।पीडकहरुले पैसा र पावरको पटकपटकको धम्कीले विचलित नभई छोराछोरी घरमै छाडी आफू यहाँ आएको तामाङले बताइन् ।तामाङले पतिसँग सम्बन्ध विच्छेद गरेको ६ वर्ष भइसक्यो । आफ्नो गुजारा चलाउन उनी नुवाकोटकै विदुर नगरपालिकामा होटेल संचालन गरेर बसेकी थिइन् ।
उनले आफ्नो साथीसँग मिलेर होटेलसँगै गेष्ट हाउस संचालन गरे पनि केही समयता साथी बाहिर गएकाले गेष्ट हाउस बन्द थियो ।मात्तिएका ति पुरुषले आज हामी यहीँ बस्छौं भन्दा उनले अहिले गेष्ट हाउस नचलाएकोले आफ्नो हिसाब चुक्ता गरेर जाने बताइन् ।तर, उनीहरुले कोठा देखा नत्र यही मारिदिन्छु भन्दै सटर ढ्याप्प बन्द गरिदिए । चार सन्तानमध्ये दुईजना मलेसियामा वैदेशिक रोगजारीमा गएका छन् भने अर्को एउटा छोरीलाई होस्टेलमै राखेर पढाईरहेकी छिन् ।
अरुले फालेका बच्चालाई ल्याएर पढाइरहेकी छिन् । अरुले फालेका बच्चालाई ल्याएर छोरी बनाएकी छिन् ।तिनै सात वर्षीया बालिका मात्रै थिइन् उनीसँगै । उनलाई जबरजस्ती समातेर कोठामा थुनेपछि ती पुरुषले तामाङलाई कोठा देखाउन लैजान बाध्य बनाए ।भर्याङमा आधा जतिमाथि प्गपछि लछारपछार गर्दै कोठामा लगेर थुनेर उनीमाथि तिनैजनाले रातको १२ बजेसम्म सामूहिक बलात्कार गरिरहे । मेरो पैसा पनि चाहिँदैन मलाई जान दे भनेर धेरै रोइकराई गर्दा पनि उनलाई चुप लागेर बस नत्र मारिदिन्छु भन्र्दै अत्याचार गरिरहे । उनीहरु निदाएपछि बल्लतल्ल उनी त्यहाँबाट फुत्किइन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।








