काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार शुक्रवार राति युरोतर्फ प्रस्थान गरेका छन् । उनी इटालीतर्फ प्रस्थान गरेका हुन् ।छोरा पारसलाई निर्मल निबासमा रुङ्ने जिम्मेवारी दिएर उनी दुई साता लामो इटाली भ्रमणमा निस्केका हुन् ।
इटाली बसाइको क्रममा उनले त्यहाँ रहेका नेपालीसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ । सरकार परिवर्तनको किचलो चलिरहेको र कतिपय पक्षले राजतन्त्र र हिन्दू धर्मको वकालत गरिरहेका बेला उनी भने विदा मनाउन हिँड्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । इटली भ्रमण भनिए पनि पूर्व राजा यूरोपका अन्नय देशरुमा समेत जाने कार्यक्रम रहेको छ । उनी स्वदेश फर्किएसँगै देश दौडाहमा निस्कने कार्यक्रम रहेको स्रोतको दाबी रहेको छ ।आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।









