काठमाडौं / मानिसको जन्म र मृत्यु स्वतः सिद्ध छ । यसमा संस्कार गर्ने परम्परागत विधिलाई समयअनुसार परिमार्जन गर्दै जानुपर्छ भन्ने कुरा एक बुहारीले सासूलाई दागबत्ती दिनेदेखि काजकिरिया गर्ने कामको थालनीबाट गरेकी छन् ।

 काभ्रेको पातलेखेत गाविस-१ मलिनचौरकी सरस्वती धितालले यसको थालनी गरेकी हुन् । सम्भवतः नेपालमै सरस्वतीले सासूलाई दागबत्ती दिएर काजकिरिया थालनी गरेको पहिलो घटना हुनसक्छ ।

पातलेखेतको सामान्य परिवारकी एकल महिला नेत्रकुमारी धितालको बिहीबार विहान ८४ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गिय धितालको पनौती घाटमा हिन्दु परम्पराअनुसार बुहारी सरस्वतीले दागबत्ती दिएर अन्तिम संस्कार गरेकी थिइन् ।

समाजलाई परिवर्तनको मागैमा अघि बढ्न प्रेरणाको स्रोत बन्दै आफ्नो दायित्व पूरा गर्दै सासुको संस्कारदेखि किरियापुत्रीसम्म बन्ने अठोट बोकेकी सरस्वती समाज र नेपालकै लागि उदाहरणीय व्यक्तित्वको रुपमा देखा परेकी छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia