koshi badhi amar
इनरुवा साउन ८ /सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन गरिएको छ ।कोशी नदीमा यतिवेला २ लाख ३३ हजार ६ सय क्युसेक प्रतिसेकेण्ड पानी मापन भएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ ।गयरातीबाट कोशी नदीमा पानीको वहाव वृद्धि हुने क्रममा देखिएको छ ।

पूर्वि पहाडी भेगमा लगातार पानी परिरहँदा आज विहानैबाट नदीको वहाव वृद्धि हुने क्रममा रहेको छ ।यतिवेला कोशी ब्यारेजका ३३ वटा ढोका खोलिएका छन् । नदीमा पानीको वहाव साँझ सम्ममा अझ बढ्न सक्ने अनुमान गरिएको छ ।सप्तकोशी नदीमा पानीको वहावमा उतारचढाव जारी रहँदा आमसर्वसाधारणमा गलत सूचनाका कारण कोशीको त्रास बढ्न थालेको प्रति सुनसरी प्रशासनले ध्यानकर्षण भएको जनाएको छ ।

प्रमुख जिल्लाअधिकारी मोहन चापागाईले कोशीको अवस्था निरिक्षण पश्चात हल्लाको पछि नलाग्न सर्वसाधारणमा आग्रह गर्नुभएको छ ।गत साउन १ गते कोशी नदीमा २ लाख ३३ हजार क्युसेक प्रतिसेकण्ड वहाव मापन गरिँदा  ३० ढोका खोलिएको थियो ।आज नदीको वहावले यस वर्षको अघिल्लो उच्च मापनलाई नाघेको छ भने अवेर राती सम्ममा वहाव थप वृद्धि हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia