जयकृष्ण यादव
जयकृष्ण यादव

नेपालको सबै भन्दा सानो आरक्षको रुपमा रहेको कोशीटप्पु बन्यजन्तु आरक्ष जैविक विभिद्धतामा निकै ठूलो रहेको छ । यहाँ विभिन्न जीवजनावरसगैं विश्वमै दुर्लव मानिएको अर्ना समेत पाईन्छ । त्यसैले नेपालको  सबै भन्दा सानो तर चर्चित आरक्षको रुपमा कोशीटप्पु वन्यजन्तु आरक्षलाई लिने गरिन्छ ।

यहाँँ पर्यकटलाई भित्रयाउन सकिने प्रवल सम्भावनाहरु रहेका छन् । विश्वमै दुर्लव मानिएको जंगली भैसी (अर्ना) को मुल बासस्थान रहेको र विभिन्न चराहरु पाईने भएकाले यसको छुटै विषेशता रहेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक र वाह्य पर्यकटलाई भित्र्याउन सकिने प्रवल सम्भावना रहेको देखिन्छ ।

पछिल्लो राष्ट्रिय अर्ना गणना २०७२(चैत्र २८ देखी ३०) को नतिजा अनुसार दुई वर्षको अवधिमा एक सय ५ वटाको संख्याले  अर्नामा वृद्धि भएको देखाएको छ ।  प्राकृतिक र संरक्षित क्षेत्र समेत रहेको कोशीटप्पुमा पच्छिलो दुई वर्षमा अर्ना बढेको देखाएको छ । दुई वर्ष अघि गरिएको गणना अनुसार ३ सय २७ वटाको संख्यामा रहेको अर्ना पछिल्लो गणना अनुसार ४ सय ३२ वटाको संख्यामा रहेको देखाइएको छ ।

अर्नाका लागि प्रसिद्ध मानिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या बढ्दै गएकाले आन्तरिक र वाह्य पर्यकटलाई भित्रयाउन सकिने प्रवल सम्भावनाहरु रहेको संरक्षणकर्मीहरुको भनाई रहेको पाईन्छ । आरक्ष स्थापनाकाल २०३२ सालमा कोशीटप्पुमा ६३ वटाको संख्यामा रहेको अर्नाको अवस्था सुधार हुदै र बढ्दै गएकाले हाल ४ सय ३२ वटाको संख्यामा पुगेको छ । आरक्षमा ४० वर्षको अवधिमा सबै भन्दा बढि पछिल्लो दुई वर्षको अवधिमा १ सय ५ को संख्यामा अर्नाको वृद्धि भएको यो पहिलो घटना हो ।

आरक्षमा बच्चा दिने अर्थात प्रजनन योग्य अर्नाको संख्या बढ्दै गएको र चरिचरणमा आएको सुधारले अर्नाको संख्या समेत बढेको देखाएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकले समेत अन्य सालको तुलनामा यस पटक अर्नाको संख्यामा वृद्धि भएको बताएका छन । वि.सं. २०३२ सालमा स्थापना भएको आरक्षको क्षेत्रफल १७५ वर्ग किलोमिटरमा फैलिएको छ ।

यस आरक्षमा  घाँसे मैदान ६९ दशमलव ९, जङ्गल ४ दशमलव २, नदी र नदी तटीय क्षेत्र  २५ दशमलव ९ रहेको छ । विश्वको रामसार सुचिमा रहेको नेपालको पहिलो रामसार साइट समेत रहेको कोशीटप्पुमा विभिन्न प्रजातीका जंगली जनावर, सर्प, स्तनधारी र चराचुरुगींहरु समेत पाईन्छ । यस आरक्षको आसपास क्षेत्रलाई वि.सं.२०६१ सालमा मध्यवर्ती क्षेत्रको रुपमा घोषणा गरिएको थियो । मध्यवर्ती क्षेत्रको   क्षेत्रफल १७३ वर्ग किलोमिटर रहेको छ भने यहाँ ९ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिहरु रहेका छन् ।

koshi tappu arna bhaisi
चराका लागि महत्वपूर्ण क्षेत्र र चरा अवलोकनका लागि प्रख्यात रहेको छ । चराको स्वर्गको रुपमा समेत कोशीटप्पुलाई लिने गरेको पाईन्छ । यो क्षेत्र  संरक्षणको प्रचारप्रसारको लागि खुला पाठशाला र    पर्यटनको एक महत्वपूर्ण गन्तव्य समेत रहेको मानिन्छ । अर्नाको अवस्था हेर्दा सबै घरपालुवा भैंसीहरुको पूर्वजको रुपमा लिन सकिन्छ । अनि  संरक्षणको अवस्थाको कुरा गर्दा संकटपन अवस्थामा पर्ने भएपनि नेपालको कोशीटप्पुमा      राम्रो उपस्थिति रहेको छ । अर्ना पाइने देशहरुमा नेपाल, भारत, भुटान, कम्बोडिया, थाइल्याण्ड      रहेको छ । अर्काको  बासस्थान खास गरेर पानी नजिकको घाँसे मैदान, हरियो हराभरा र चरिचरणको क्षेत्रमा बढीमात्रा रहेको पाईन्छ ।

अर्नामा  भालेको प्रजनन योग्य उमेर १८ महिना र पोथी २ देखि ३ वर्ष       रहेको मानिन्छ ।  अर्नाले बढीमा ५ वटा बच्चासम्म जन्म दिन्छ ।
यसको  गर्भाधारण अवधि १० देखि ११ म्हिनाको हुन्छ भने  सरदर आयु २५ वर्षको हुन्छ । एक्लो भाले र बच्चासँगको पोथी आक्रमक स्वाभावको हुन्छ । अर्ना चिनिने आधारहरुमा खुट्टा, घाँटी, पुच्छर,   थुतुनोमा सेतो धर्सा हुन्छ ।  सिंगको आधारमा पोथीको फेदमा सामान्य तर लामो, टुप्पो सिन्दुरे रातो हुन्छ । त्यसैगरी १ वर्ष भन्दा बढी उमेरको अर्काको बच्चा खैरो र रातो जीउभरी हुन्छ भने १ वर्षको बच्चाको सेतो रौं जिउभरी नै हुन्छ । दिगो संरक्षणका लागि रणनीति तयार गर्ने र प्रत्यक्ष गणना प्रकृया अपनाउने गरेको छ ।

अर्ना गणनाका लागि सुनसरीको हरिपुर क्षेत्र , पश्चिम कुशाहा क्षेत्र, प्रकाशपुर क्षेत्र , सप्तरीको भागलपुर क्षेत्र, पत्थरी क्षेत्र, बदगामा क्षेत्रलाई ६ वल्कमा बाडेर छुट्याउने काम गर्छ । अर्ना गणनामा बाईनाकुलर, क्यामरा , जि.पि.एस., अर्ना गणना फारम र फिल्ड डायरीको प्रयोग गरिएको पाईन्छ ।

वन विभाग तथा कोशीटप्पु वन्यजन्तु आरक्षले संयुक्त रुपमा गत चैत्र २८ देखि ३० गते सम्म गरेको अर्ना गणनाको घोषणा कार्यक्रममा खरेलले सो जानकारी दिनुभएको हो । सन २०१४ मा आरक्षमा ३२७ वटाको संख्यामा अर्ना रहेको थियो भने सन २०१६ मा गरेको गणना अनुसार आरक्षमा ४३२ वटा अर्ना रहेको पाइएको छ ।यस वर्षको अर्ना गणनाको तथ्यांक अनुसार १ वर्ष उमेरका अर्नाको बच्चा ८१ वटा, २ वर्ष उमेरका अर्नाका वच्चा ३५ वटा, अर्धवयस्क १४ वटा, वयस्क पोथी १८२ वटा, वयस्क भाले १२० वटा अर्ना     आरक्षमा रहेको पाइएको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो ।

आरक्षले अर्ना गणना प्रत्येक २ देखि ४ वर्षको अवधिमा गर्दैै आएको छ । आरक्षमा दुई वर्षको अवधिमा १०५ वटा अर्नाको संख्या बढेको हो । सन १९७६ को गणनाको आधारमा वार्षिक रुपमा अर्नाको वृद्धिदर ७.२७ प्रतिशतले बढ्दै गएको आरक्षले जनाएको छ ।घोषणा कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेल, क्षेत्रीय निर्देशक बमबहादुर खड्का, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादव,   सत्यनारायण चौधरी लगायतका सदस्यहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा आरक्षको विकास र विस्तारको कुरामा स्थानीयहरुले विरोध जनाएका थिए । आरक्ष व्यवस्थित र सुरक्षित नबनाइकन विस्तारको काम गरिए त्यसले ठूलो क्षति निम्त्याउने स्थानीय कलाम अंसारीले गुनासो पोख्नुभयो । अर्ना गणनामा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीहरु, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समिति, पूर्व मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय संरक्षण प्रेमीहरु, क्षेत्रीय वन निर्देशनालय, विराटनगर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन्यजन्तु संरक्षणका लागि क्षेत्रीय सहयोग प्रवद्धन आयोजना, राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी टप्पु Bird watching camp Pvt Ltd, कुशाहा, भगवती प्रसाद गुल्म र कोशीटप्पु आरक्ष तथा हात्तीसार लगायतको सहभागीता रहेको थियो ।

यति मात्र होइन् अर्ना संगै कोशीटप्पुमा वन्यजन्तु आरक्षमा जंगली जनावर संगै विभिन्न चराचुरंगीहरु समेत बढ्दो क्रममा रहेको छ ।१ सय ७५ वर्ग किलो मिटर क्षेत्रफलमा रहेको पूर्वी तराईको कोशी नदीको वराह क्षेत्रमा अवस्थित नेपालको पहिलो रामसार सूचीमा सूचीकृत यस कोशीटप्पु वन्यजन्तु आरक्षमा जिवजन्तु र जनावर बढ्ने क्रममा र्हेको छ ।

विश्वकै दुर्लभ अर्नाको संरक्षण गर्ने उद्धेश्यले वि. स. २०३२ सालमा स्थापित यस कोशी टप्पुमा पछिल्लो समय जिवजन्तु र पशुपंक्षीहरु समेत बढ्दै गएको हो । यहा नेपालमा पाईने चराहरु मध्ये सबैभन्दा धेरै प्रजातीका   चराहरु जसमा ५ सय २ प्रजाती, जंगली हात्ति १० देखि ११ वटा सम्म, सोस ७ वटा, मगरगोहि ११ वटा, २०० प्रजातिका माछा , घडियाल, ओत, निलगाई, बदेल, लगुना,चित्तल, गिद्ध, विभिन्न प्रकारका पानीहाँस, खरमुँजुर, सिमतित्रा, सारस, गरुड, अजींगर लगायतका वन्यजन्तुहरुको  वासस्थान रहेको छ ।

नेपाल, भारत, कम्बोडिया, भुटान र थाइल्यान्डमा पाईने घरपालुवा भैसीहरुको पूर्वज अर्नाको समेत  यहा वासस्थान   रहेको छ । यस कोशी टप्पुलाई  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षक्षित वन्यजन्तुको सूचीमा समेत सूचीकृत गरेको छ ।

सुनसरीको पश्चिम कुशाहा स्थित रहेको  कोशीटप्पु वन्यजन्तु आरक्षमा दुई वर्षको अवधिमा  एक सय ५ वटा अर्नाको संख्या वृद्धि भएको छ । दुई वर्ष अघि गणना गर्दा ३ सय २७ वटाको संख्यामा रहेको अर्ना पछिल्लो गणना अनुसार ४ सय ३२ वटाको संख्यामा रहेको पाइएको छ ।
अर्नाका लागि प्रसिद्ध मानिने कोशीटप्पु वन्यजन्तु    आरक्षमा अर्नाको संख्या बढ्दै गएको अवस्थामा दुइ वर्षको अवधिमा १ सय ५ को संख्यामा वृद्धि    भएको यो पहिलो घटना हो । आरक्षमा बच्चा दिने अर्नाको संख्या बढ्दै गएकाले अर्नाको संख्या समेत बढेको वन विभागका महानिर्देशक फणिन्द्र राज खरेलले जानकारी  दिनुभयो ।

वन विभाग तथा कोशीटप्पु वन्यजन्तु आरक्षले संयुक्त रुपमा गत चैत्र २८ देखि ३० गते सम्म गरेको अर्ना गणनाको घोषणा कार्यक्रममा खरेलले सो जानकारी दिनुभएको हो । सन २०१४ मा आरक्षमा ३२७ वटाको संख्यामा अर्ना रहेको थियो भने सन २०१६  मा गरेको गणना अनुसार आरक्षमा ४३२ वटा अर्ना रहेको पाइएको छ ।

यस वर्षको अर्ना गणनाको तथ्यांक अनुसार १ वर्ष उमेरका अर्नाको बच्चा ८१ वटा, २ वर्ष उमेरका अर्नाका वच्चा ३५ वटा, अर्धवयस्क १४ वटा, वयस्क पोथी १८२ वटा, वयस्क भाले १२० वटा अर्ना  आरक्षमा  रहेको पाइएको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो ।आरक्षले अर्ना गणना प्रत्येक २ देखि ४ वर्षको अवधिमा गर्दैै आएको छ । आरक्षमा दुई वर्षको अवधिमा १०५ वटा अर्नाको संख्या बढेको हो ।

सन १९७६ को गणनाको आधारमा वार्षिक रुपमा अर्नाको वृद्धिदर ७.२७ प्रतिशतले बढ्दै गएको आरक्षले जनाएको छ । घोषणा कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेल, क्षेत्रीय निर्देशक बमबहादुर खड्का, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादव, सत्यनारायण चौधरी लगायतका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा आरक्षको विकास र विस्तारको   कुरामा स्थानीयहरुले विरोध जनाएका थिए । आरक्ष व्यवस्थित र सुरक्षित नबनाइकन विस्तारको काम गरिए त्यसले ठूलो क्षति निम्त्याउने स्थानीय कलाम   अंसारीले गुनासो पोख्नुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia