मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। काममा अवरोध देखा पर्नेछ भने बलजफ्ती गर्दा थप समस्या आउन सक्छ। लगनशीलताले फाइदा हुनेछ। छर–छिमेकमा सम्बन्ध बिग्रन सक्छ। प्रतिस्पर्धामा जुट्नुपरे पनि बुद्धिले काम लिँदा बिस्तारै फाइदा हुनेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनुका साथै वैदेशिक क्षेत्र लाभदायक बन्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
सानो प्रयत्नले राम्रो आम्दानी दिलाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि राम्रै लाभ मिल्नेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त होला। पहिले रोकिएको काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा थप फाइदा होला। सोचेभन्दा राम्रै लाभ हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
धेरैको साथ प्राप्त हुनाले कर्मयोग बलियो रहनेछ। कृषि र व्यापारमा पनि मनग्य फाइदा हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। आफ्ना कामको धेरैले तारिफ गर्नेछन्। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू नजिकिन सक्छन्। नाम, दाम र इनाम हातलागी हुन सक्छ। प्रतिष्ठित काम गर्ने अवसर जुट्नुका साथै लगनशीलताले सम्मान तथा पुरस्कार थमाउन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
केही समस्या देखिए पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। नसोचेको स्थानमा पुग्न सकिनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, इनाम र प्रतिष्ठा समेत प्राप्त हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
श्रमपूर्वक समर्पित हुँदा पनि कामको उचित मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती आइलाग्न सक्छन्। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, बिस्तारै उपलब्धि प्राप्त हुनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। मनग्य धनलाभ हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। शत्रु तथा प्रतिद्वन्द्वीलाई सजिलै हराउन सकिनेछ। हिम्मतले काम लिँदा मनग्य फाइदा हुनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्ने समय छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कामले उत्साह जगाउनेछ। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ। अवरोध बिस्तारै समाप्त हुनेछ। व्यापारमा सामान्य फाइदाको समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। साइनो गाँस्नेहरूबाट भने सतर्क रहनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। समस्या दर्साउँदा आमाको माध्यमबाट काम बन्न सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप बढ्न सक्छ। चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ। सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। आक्षेप लगाउनेहरूले दु:ख देलान्। मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अवसरले पछ्याए पनि समयमा होश नपुग्नाले पछि परिएला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। पारिवारिक असमझदारीले आँटेको काम स्थगित हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।-नेपालिपात्रो









