डुबेर बालकको मृत्यु, कोशीमा पानीको वहावमा केहि कमी, अमाहिवेल्हा, साहेबगन्ज, अमडुवा लगायतका क्षेत्रमा समेत डुबान
९ साउन, इनरुवा ।(प्रतिनिथि तस्बिर) खोलामा माछा मार्ने क्रममा डुबेर सुनसरीको रामनगर भुटाहाका १० वर्षिय सलिम अन्सारीको मृत्यु भएको छ । सुनसरीको मरिया खोलामा बाढी आउँदा माछा मार्ने क्रममा शुक्रवार वेपत्ता भएका सलिमको शव शनिवार राती फेला परेको हो ।वेपत्ता बालकको खोजीमा क्रममा मरिया खोलाको हरिनगरा क्षेत्रमा डुबेको अवस्थामा बालकको शव फेला परेको सुनसरी प्रहरीले जनाएको छ ।
उता कोशीमा पानीको वहावमा केहि कमी आएको छ । पछिल्लो मापन अनुसार कोशीमा यतिवेला २ लाख २२ हजार २ सय ७५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको छ । ब्यारेजका ३० वटा ढोका खोलिएको सुनसरी प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण सुनसरीको अमाहिवेल्हामा पानीको निकास नहुँदा ३४ घर डुबानमा परेका छन् । स्थानीय खोलामा पानीको सतह बढेपछि साहेबगन्ज, अमडुवा, लगायतका क्षेत्रमा समेत डुबान सुरु भएको छ ।









