Netra-Bikram-Chand-Biplav

९ साउन , बैतडी  नरी बडु |  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओबादीले भोली सोमबार  नेपाल बन्दको घोषणा गरेको छ ।कञ्चनपुर, सर्लाही लगायतका क्षेत्रमा बासोबास गरीरहेका भुमीहीन तथा सुकुम्बासीहरुको बस्ती सरकारले हटाउन लागेको विरोधमा माओबादीले भोली देशभर नेपाल बन्दको घोषणा गरेको हो ।

सुकुम्बासीहरुको तत्काल सुरक्षित ठाँउमा पुनस्थापनको माग गर्दै विप्लब नेतृत्वले नेपाल बन्दको घोषणा गरेको नेकपा माओबादी बैतडीका जिल्ला सचिवालय सदस्य रामसिह कुवरले जानकारी दिए ।

कुवरका अनुसार १० गते भोली अर्थात सोमबार बैतडी मा पनि यातायात, शिक्षण संस्था, सरकारी कार्यालय बन्द हुने छन् । भोलीको बन्द शान्तिपुर्ण हुने उहाँको भनाई छ ।

 बन्दलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षामा प्रहरीलाई चनाखो रहन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए ।साझासवालबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia