९ साउन, काठमाडौं । केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । अविश्वास प्रस्तावको छलफलमा उठेका प्रश्नहरुका जवाफ दिने क्रममा उनले राजीनामाको घोषणा गरेका छन् । उनले राजीनामापत्र राष्ट्रपतिसमक्ष पेस गरिसकेका छन्।

ओलीले नयाँ प्रधानमन्त्रीको निर्वाचन र सरकार गठन सहज रुपमा होस् भनेर बाधा अड्काउ फुकाउने निर्णय गरेको बताए ।‌ओलीले भने. ‘अविश्वास प्रस्ताव पेस भएपछि आफूलाई पदमा टाँसिएर बस्ने मन पटक्कै थिएन तर सात दिन त नियमावलीअनुसार मैले पनि कुर्नुपर्‍यो। तर सात दिन कुर्न साथीहरु धेरै छटपटी भएछ र नछोड्ने भयो भनेर ठूलै रुवाबासी भयो ।’

तपाईको प्रतिक्रिया

trusted online casino malaysia