काठमाडौं । सिन्धुली सदरमुकाम माढी बजारबाट पश्चिममा अवस्थित हरिहरपुरागढी गाविसमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अगुवाइमा हावाबाट बिजुली निकाल्ने तयारी गरिएको छ । केन्द्रले एक वर्ष लगाएर हावाको गति मापनपछि ३५ किलोवाट विद्युत उत्पादन गर्न सकिने अध्यन सार्वजनिक गरेको छ ।
कुल दुई करोड पाँच लाख ५५ हजार रुपैयाँमा कार्य सम्पन्न हुने उनले जानकारी दिए । हावाबाट उत्पादन हुने बिजुलीबाट गाविसका ८३ घरधुरी लाभान्वित हुने जिविस सिन्धुलीले जनाएको छ ।उता हावाबाट बिजुली निकाल्ने काम सुरु हुने भएपछि स्थानीय खुसी भएका छन् ।आजको अन्नपूर्ण पाेस्टमा खबर छ ।









