
इनरुवा १० साउन /जिल्ला प्रशासन कार्यालय सुनसरीले सप्तकोशी नदीमा माछा मार्नका साथै दाउरा निकाल्न लगाएको प्रतिवन्ध कार्यान्वयनमा भने आउन सकेको छैन् ।
कोशी नदीमा पानीको वहावमा वृद्धि हुने क्रमसँगै प्रशासनले नदीबाट माछा तथा दाउरा निकाल्न नपाइने नियम लगाएको थियो ।स्थानीय प्रशासनले कडाईका साथ उक्त नियमको कार्यान्वयन गरिने बताएपनि नियमनकारी निकायको कमजोर उपस्थितीको फाइदा उठाउनेहरुले माछा मार्न तथा दाउरा निकाल्न छाडेका छैनन् ।
नदीमा माछा मार्नुका साथै दाउरा बटुलेर बिक्रि गर्नु बाहेक आफुहरुको रोजिरोटीको विकल्प नरहेको बताउनेहरु प्रहरी प्रशासनको उक्त कदमले परिवार पाल्न समस्या निम्तेको बताउँछन् ।प्रशासनले सर्वसाधारणको सुरक्षाको ख्याल गर्दै तत्कालकालागि माछा मार्न र दाउरा निकाल्न रोक लगाएको बताउँदै आएको छ ।








