saptari khado khola badhi flood

१० साउन, रबिन्द्र साह सप्तरी। सप्तरीको विभिन्न नदी, खोलामा आएको बाढीका कारण जिल्लाको १२ हजार घर डुबानमा परेको छ । विगत दुई दिनदेखी लगातार भएको वर्षाका कारण जिल्लाको पन्द्र सय घर पूर्ण रुपमा क्षतिग्रस्त भइसकेको छ भने बाँकी घर डुवानमा परेका छन् ।

दैवी प्रकोप उद्धार समिति सप्तरीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको नेतृत्वका स्थानिय सुरक्षा प्रमुखहरु, रेडक्रसका पदाधिकारीसहितको टोलीले आइतबार सकरपुरा, रम्पुरा मल्हनिया र बिषहरियाका पीडित परिवारलाई भुजा, चिउरा, भुजिया र नुन वितरण गरेको छ ।

saptari badhi flood1

यता जिल्लाको तिलाठी गाविसका स्थानियवासी निरज झाले हालसम्म कुनै पनि सुरक्षा निकाय, प्रशासन, संघसंस्थाका प्रतिनिधिहरु आफूहरुको दुःख बुझ्न नआएको गुनासो गर्नुभएको छ । बाढीको कारण डुबानमा सकरपुरा गाविसका ५ सय, बिषहरिया गाविसका २ सय ५०, लौनियाका २ सय, तिलाँठीका ३ सय, लोखरमका २ सय, रम्पुरा मल्हनियाका ७ सय परिवारका घरहरु जलमग्न भएको दैवी प्रकोप उद्धार समिति सप्तरीले जनाएको छ ।

को. बरसाईनका २ सय, कोईलाडीका १ सय, तोपाका १ सय, महदेवा, भगवतपुर र बथनाहाका एक–एक सय, भारदहका १ सय ५०, पोर्ताहाका १ सय, बैरबाका ५०, सप्तकोसी नगरपालिकाको फतेपुरका १ सय, पकरीका ६० घर डुबानमा परेका छन् ।

यस्तै दिघवाका १ सय २५, राजविराज नगरपालिका १० का २ सय, देउरी भरुवाका ५० घर डुबानमा परेको छ । यता आइतबार महुली खोलाको तटबन्ध भत्किँदा सप्तरीको मैनाकडेरी गाविसमा पानी पसेको छ ।मैनाकडेरीमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालले जानकारी दिनुभयो ।

saptari badhi flood

तपाईको प्रतिक्रिया

trusted online casino malaysia