nagarpalika dhrna paniko nikas badhi ram charitra1
इनरुवा साउन १०/उचित निकाशको प्रवन्ध मिलाउन नसकेको भन्दै इनरुवावासीले आक्रोस पोखेका छन् ।लगातारको वर्षाका कारण पानीको निकाश हुन नसक्दा घर तथा वस्ती डुबानमा परेको भन्दै उनिहरुले इनरुवा नगरपालिकामा केहिबेर धर्ना समेत दिए ।

नगरवासीले पानीको उचित निकाशको व्यवस्था मिलाउन कार्यकारी अधिकृतलाई रामचरित्र मेहतासामू दबाब सीर्जना गरेका थिए ।नगरवासीको गुनासो पश्चात नगरपालिकाको टोलीले डुबान क्षेत्रको स्थलगत अनुगमन गरी निकाशको व्यवस्था मिलाउन पहल सुरु गरेको छ ।

पानी पर्ने क्रम जारी रहँदा जमेको पानीको निकाश नहुँदा इनरुवाका ५ नम्वर वडा पूर्ण रुपमा डुबानमा परेको छ । पानी निकाशको अभावमा नगरका अन्य वडाहरु समेत डुबानमा परेका छन् । नगरपालिकाले पानीको उचित निकाशको पहल भैरहेको जनाएको छ ।

nagarpalika dhrna paniko nikas badhi ram charitra

तपाईको प्रतिक्रिया

trusted online casino malaysia