morcha-bahiskar
इनरुवा साउन १०/ जिल्ला विकास समिति सुनसरीले आयोजना गरेको स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिको बैठक बहिस्कार गरेको छ ।गाउँपालिका , नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोग अन्र्तगत डाकिएका जिल्लातहको सर्वपक्षिय बैठक मधेशवादी मोर्चाले बहिस्कार गरेको हो ।

आन्दोलनका मागहरु सम्बोधन नभएको अवस्थामा स्थानीय तह पुर्नसंरचनाको विषयमा थालिएको राय सुझाव संकलन प्रति असन्तुष्टि जनाउँदै मोर्चा आवद्ध दलहरुले सो बैठक बहिस्कार गरेका हुन् ।स्थानीय तहमा छलफल गरेर मात्र जिल्ला तहको बैठक डाकिनुपर्ने मोर्चाको अडान थियो ।

कार्यक्रम आयोजना गरेको जिविस सुनसरीले जिल्ला तहको परामर्श समितिको पहिलो चरणको बैठक भएकाले वास्तविकताको अध्ययन नगरी कार्यक्रम बहिस्कार गर्नु उचित नभएको जनाएको छ ।कार्यक्रममा स्थानीय तहको पुर्नसंरचनाका मापदण्ड र सम्भाव्यताका बारे छलफल गरिएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia