१० साउन, अप्सरा समाल उदयपुर। उदयपुरमा लगातारको अविरल वर्षाका कारण बाढीले वगाएर आज विहान एक जना महिलाको मृत्यु भएको छ ।
जिल्लाको पूर्वी गाविस रामपुर ठोक्सिला स्थित खहरे खोलामा आएको बाढीले सोही गाविस वडा नं. २ स्थित खोरिया टोल बस्ने ४० वर्षिय कालिमाया राईको मृत्यु भएको हो ।
आज विहान ८ बजे घरायसी सामान किनमेल गर्न रामपुर बजार जानेक्रममा राईलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक अमतलाल माझीले बताउनु भएको छ । माझीका अनुसार खोलाले बगाएर बेपत्ता राईको सव इलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प तथा स्थानीयको टोलीले साढे १२ बजे करिब १ किलोमिटर तल फेला पारेको बताएका छन् ।
यसैगरी बाढीले रामपुर ठोक्सिला वडा नं. १ स्थित डुड खोलाले जगत बहादुर राई सहितको तीन वटा घर बगाएको स्थानीय रोयल आचार्यले जानकारी दिनु भएको छ । बाढीले घरमा रहेको अन्नपात तथा दुईवटा सुँगुर समेत बगाएको आचार्यले जानकारी दिनु भएको छ । रातिबाट लगातार परेको बर्षाले स्थानीय खहरे खोलाहरु उर्लिएका छन्








