china flag

११ साउन, काठमाडौं। नेपालको पछिल्लो राजनीतिक परिस्थितीलाई लिएर उत्तरी छिमेकी चीनले वक्तव्य निकालेको छ । मंगलबार चीनको विदेश मन्त्रालयद्धारा जारी वक्तव्यमा राजनीतिक तथा देशको नेतृत्व परिवर्तन भएपनि नेपाल र चीनबीचको सम्वन्धमा कुनै परिवर्तन नआउने उल्लेख छ ।

चीनले भनेको छ- ‘नेपालको आन्तरिक परिस्थितिमा आउने परिवर्तनले दुई देशको सम्वन्धमा कुनै असर गर्नेछैन् । आपसी हितका लागि हुने सहकार्यमा कुनै परिर्वतन आउने छैन् । सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुनेछ ।’

चीनसँग पारवहन लगायत महत्वपूर्ण सम्झौता गरेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटेपछि चीनले वक्तव्य निकाल्दै सम्बन्धमा कुनै असर नपर्ने विश्वास व्यक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाराेयर्टसले जनाएको छ ।

चीनले नेपालमा सबै राजनीतिक दलले देशको हितलाई पहिलो प्राथमिकता दिने विश्वास व्यक्त गर्दै देश विकासमा समर्पित हुने आशा पनी व्यक्त गरेको छ ।

वक्तव्यमा भनिएको छ- ‘नेपाल र चीन दुःख र सुखमा एकसाथ छौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिहरुमा परिर्वतन आएपनि नेपाल र चीनबीचको सम्वन्ध र सहकार्यमा कुनै परिर्वतन आउने छैन । जुमएनपीबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia