prakashpur-bahunu badhi duban
इनरुवा साउन ११/सुनसरीको प्रकाशपुरमा बाहुनी खोला किनारका ४० घर डुबानमा परेका छन् ।बाढीका कारण खोला किनारका प्रकाशपुर १, ६ र ७ नम्वर वडा जलमग्न बनेको छ ।

prakashpur-bahunu badhi duban1
अविरल वर्षा सँगै खोलाको जलस्तर बढेपछि गाउँ छिरेको पानीले माझीगाउँका केही घर समेत लडाएको छ ।दिलिप विश्वकर्मा, दानबहादुर सापकोटा, काजी सापकोटा, सोहन माझी लगायतको घरमा बाढीको पानीले पूर्ण रुपमा क्षति पुरयाएको छ ।

prakashpur-bahunu badhi duban3
पिडीत परिवार स्थानीय रामधुनी प्राविमा बास सरेका छन् । बाढीको पानीका कारण सर्वसाधारणको दिनचर्या प्रभावित बनेको छ ।
यसैगरी सुनसरी खोलामा आएको बाढीका कारण सदरमुकाम इनरुवा सहित आसपासका क्षेत्र र अधिकांश जिल्लाको दक्षिणवर्ति गाविस डुबानमा परेकाछन् ।सुनसरी प्रशासनले क्षतिको विवरण संलन भैरहेको बताउँदै पीडित परिवारलाई राहत वितरण थालिएको जनाएको छ ।

prakashpur-bahunu badhi duban2

तपाईको प्रतिक्रिया

trusted online casino malaysia