इनरुवा ११ साउन / इनरुवा नगरपालिका भित्र रहेका केही अगुवा तथा राजनैतिक दलका नेताहरु आफु पायकको अवस्था सीर्जना गराउन मधेशा र डुम्राहा गाविसलाई भाषीतर्फ गाभ्ने तरखरमा पहलमा जुटेको पाइएको छ ।
स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति सुनसरीले जिल्ला स्तरीय बैठक मार्फत आआफ्नो पायकको प्रस्ताव ल्याउन भनेपछि इनरुवा नगरपालिका सहित नगरभित्रका केही अगुवा र राजनैतिक दलका नेताहरु आफुपायकको प्रस्ताव तयार पारी समर्थन जुटाउने पहलमा जुटेका हुन् ।
सोही अनुरुप तयार पारिएको प्रस्ताविक सूचिमा मधेशा र डुम्राहा गाविस रामधुनी भाषी नगरपालिकामा समावेश गरिएको छ ।जनसंख्याको आधारमा तय गरिने गाउँपालिका र नगरपालिकाको क्षेत्र विस्तारको क्रममा रामधुनी भाषी नपामा रामधुनी भाषी, बक्लौरी,डुम्राहा,मधेशा र चाँदवेला समायोजनको प्रस्ताव गरिएको छ ।
त्यसैगरी इनरुवा नगरपालिकामा इनरुवा,बबिया,जल्पापुर,नरसिंह,भोक्राहा र सत्तेरझोरालाई प्रस्ताविकका रुपमा राखिएको छ ।दुहवी बुढीगंगा नगरपालिकामा दुहवी भलुवा,सोनापुर,सिमरिया,औराबनी,तनमुना,छिटाहा र पूर्व कुशाहा राखिएको छ ।
प्रस्ताविक केशलिया गाउँपालिका अन्र्तगत रामगंज वेलगछिया, अमडुबा,अमाहीवेल्हा,चिमडी,रासी,साहेवगंज र कप्तानगंज रहेका छन् । सुनसरी गाउँपालिका अन्र्तगत गौतमपुर, रामनगर भुटाहा, हरिनगरा,मध्यहर्षाही,देवानगंज,घुस्की,बसन्तपुर रहेका छन् । कोशी गाउँपालिकाका लागि लौकही,पश्चिम कुशाहा, श्रीपुर जब्दी, हरिपुर र मधुवन प्रस्ताव गरिएका छन् ।
धरान उप महानगरपालिकामा धरान र बराहक्षेत्र रहेका छन् भने इटहरी उप महानगरपालिकामा इटहरी,मधेली, रहेका छन् ।
साउनको २५ गते भित्र प्राप्त जिल्लाभरको सुझाव र प्रस्ताव उपर जिल्ला तहको सर्वपक्षिय बैठकको निर्णयबाट पारित प्रस्ताव केन्द्रमा कार्यान्यवनका लागि पठाइएने सुनसरीका स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले बताउनुभयो ।









