8 years balak kidnapper saptari balak
१२ साउन, शुभ नारायण यादव  सप्तरी । गत विहीबार सप्तरीबाट अपहरणमा परेका एक नाबालकलाई प्रहरीले सकुशल मुक्त गराउन सफल भएको छ । अपहरणमा परेका सप्तरीको रौतहट गाविस २ निवासी गंगाई दासका ८ वर्षिय छोरा सिकेन्द्र दासलाई प्रहरीले भारतीय सीमावर्ती क्षेत्रबाट सकुशल मुक्त गराएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले मंगलबार पत्रकार सम्मेलन गरि नाबालक अपहरण गर्ने कार्यमा संलग्न रहेका तीन जनालाई सार्वजनिक गर्दै तीनै जना अपहरण मुक्त नाबालकको काकाको छोराहरु रहेको जनाएको छ । पक्राउ परेकाहरुमा रौतहट गाविस २ का १८ वर्षिय दिलिप दास, सोही स्थानका १६ वर्षिय जितेन्द्र कुमार दास र १५ वर्षिय अरबिन्द कुमार दास रहेका छन् । जसमध्ये जितेन्द्र र अरबिन्द बालकै रहेका छन् ।

8 years balak kidnapper saptari
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भिम ढकालले साउन ६ गते बिहीबार बिहान ११ बजे सिकेन्द्रलाई घर नजिकै खेलिरहेको बेला काकाको छोरा जितेन्द्रले फकाई फुलाई लगेको र त्यसपछि सिकेन्द्रलाई टाँसिएर गाविस कोदरकट्टी लगेको जानकारी दिनुभयो ।

उहाँले कोदरकट्टी सम्म सिकेन्द्रलाई लगिएपछि त्यहा पहिलेदेखी रहेका अरबिन्द र दिलिपले मोटरसाइकलमा बसाई भारतीय सीमावर्ती बजार लौकहा लगेको जानकारी दिनुभयो ।

यता प्रहरी उपरिक्षक ढकालले अपहरण मुक्त भएका सिकेन्द्रका बुबा गंगाई बैदेशिक रोजगारका लागि विदेशमा रहेको र सोही कुराको फाइदा उठाउँदै तीनै जनाले फिरौती स्वरुप १५ लाख माग गरेको जानकारी दिनुभयो ।

प्रहरीले शनिबार बिहान अपहरित सिकेन्द्रलाई भारतीय प्रहरी र नेपाल प्रहरीको सहयोगमा लौकहाबाट मुक्त गराउन सफल भएको जनाएको छ । पक्राउ परेका तीनै जना बिरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धि मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia