ghuskai rahat foram nepal
इनरुवा साउन १२/संघीय समाजवादी फोरम नेपालले घुस्कीका बाढी पीडितहरुलाई राहत सामाग्री वितरण गरेको छ ।जिल्ला अध्यक्ष भगिरथ खत्वे, नेताहरु हरिगोविन्द यादव, मनोज यादव, श्याम खेरबार सहितको टोली घुस्की पुगेर पीडित परिवारलाई चिउरा,भुजा, भुजिया लगायतका खाद्यान्न सामाग्री वितरण गरेको हो । उनिहरुले भुटाहाका बाढी पीडितलाई समेत राहत वितरण गरेका थिए ।

ghuskai rahat foram nepal1
डुबानमा परेको ५ दिन बितिसक्दा समेत सरकारी पक्षबाट राहत पाउन नसकेको भन्दै सुनसरीको घुस्कीका स्थानीयहरुले आक्रोस पोखेका छन् । १ सय ५० घर डुबानमा परेको दावी गर्ने घुस्कीवासीले सरकारी प्रतिनीधिको उपस्थिती हुन नसकेको र राहतको समेत प्रत्याभुति गर्न नपाएको भन्दै स्थानीय प्रशासनप्रति रोष प्रकट गरेका हुन् ।

ghuskai rahat foram nepal2
घुस्की सहित सुनसरीका आधा दर्जन बढी दक्षिणी गाविस मरिया खोलाको पानीका कारण डुबानमा परेको छ ।सुनसरी खोलाको बाढी मरिया खोलामा मिसिएपछि भुटाहा सहित दक्षिणी भेगका आधा दर्जन बढी पुल तथा कल्भर्ट बाढीले बगाउँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।
सडक अवरुद्ध बनेपछि यातायातका साधन समेत संचालनमा कठिनाई उत्पन्न भएको छ ।उता सुनसरी प्रशासनले समेत आजबाट बाढी पीडितका लागि राहत वितरण सुरु गरिएको जनाएको छ ।प्रमुख जिल्ला अधिकारी मोहन चापागाईका अनुसार उद्योग वाणिज्य संघ संगको समन्वयमा पीडितहरुका लागि राहत वितरण गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia